दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान ‘सम्पर्कविहीन’

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म ‘सम्पर्कविहीन’ हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन्। दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले ‘चेतावनी’ जारी गरेपछि तनाव सिर्जना भएको थियो। अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ मिनेटसम्म सम्पर्क…