भारतको ओडिसास्थित बालेश्वर जिल्लामा एक सर्मनाक घटना घटेको छ । एकजना पुरुषले आफ्नै पत्नीलाई जुवाको दाउमा लगाएर हारेका छन् । घटना यतिमा मात्र सिमित रहेन । जुवा हार्ने व्यक्तिले जुवा जित्ने व्यक्तिलाई आफ्नी पत्नी सुम्पिए । अनि जित्नेले जुवामा जितेकी अर्काकी श्रीमतीलाई उनकै लोग्ने अगाडि बलात्कार गरे । पीडित महिलाले स्थानीय प्रहरी चौकीमा बलात्कारको उजुरी…