काठमाडौं–८ मा ३ सय २४ वर्ष पुरानो फल्चाको पून निर्माण

काठमाडौं– काठमाडौं महानगरपालिका–८ का दुई फल्चा पुनर्निर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ (नरसिंह) फल्चा पुनर्निर्माण भएपछि मंगलबार वडाध्यक्ष आशामान संगतले उद्घाटन गरे । फल्चामध्येको ग्वलः दे फल्चा १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको…