काठमाडौंको पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा जिप्रकाले आइतबार (फागुन २५ गते) देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएका क्षेत्रहरु राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर रहेको छ । ती…