विद्या भण्डारीको सन्देश भन्दै महाधिवेशनस्थलमा बाँडिँदै हजारौं चिठी

काठमाडौं । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ । उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् । उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढंगले संवेदनशील बनाइएको जिकिर गरे ।ओलीले यसो भनिरहँदा महाधिवेशनस्थलमा भण्डारीको सन्देश भन्दै…