काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले पार्टी अध्यक्ष छाडे पनि राजनीति नत्यागेको बताएका छन् । उनले बुधबार नेपाल समाजावदी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद छाडेको घोषणा गरेका थिए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू आन्दोलनबाट अलग नभएको बताए । ‘नाति पुस्ता’ले ढोका ढकढक्याइसकेकाले आफूले अध्यक्ष पद त्यागेको उनको भनाइ थियो ।…