चितवनमा भीषण दुर्घटना! बस र EV ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

चितवन — पूर्व–पश्चिम राजमार्गको खहरेपुलस्थित क्षेत्रमा भएको भीषण सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको एक यात्रुबाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको इभी (EV) माइक्रोबस आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमध्ये अधिकांश यात्री इभी गाडीमा सवार रहेका थिए भन्ने अनुमान…