काठमाडौं– शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध रहेको छ । सुनकोशी नदीको बाढीले खुर्कोटको पक्की पुल भत्काएको छ । भकुण्डेबेँसीदेखि नेपालथोक आसपासमा २.५ किलोमिटर सडक मानिस समेत हिँडडुल गर्न नमिल्ने गरि क्षति पुगेको छ । नेपालथोकबाट बर्दिबाससम्म जानभने सडकमा कुनै समस्या छैन । बिपी राजमार्ग अवरुद्धहुँदा अरनिको राजमार्गबाट दोलखा रामेछाप हुँदै…