Logo

सुत्केरी महिलादेखि क्यान्सर रोगीसम्मलाई कुरिलो लाभदायक ! यस्ता छन् फाइदा

कुरिलोको नियमित सेवन महिलाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा उर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन, महिनावारी गडबढी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ ।नयाँ पत्रिकामा खबर छ ।

कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्इान्सर रोगीका लागि पनि यो फाइदाजनक छ । कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ ।

कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या सामाधान गर्छ । कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धन औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरूषले सेवन गरेमा वीर्य बढ्छ ।

प्रतिक्रिया दिनुहोस्