Logo

यि राशीहुनेहरूआज भाग्य चम्किदैछ,नछुटाई हेर्नुहोस आजको राशिफल ! जानी राखौ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Brish):परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। मिहिनेत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। परिस्थितिवश काममा अलमल हुने समय छ।

मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह (Mithun):कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहोला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामसमेत स्थगित हुने सम्भावना देखिन्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले गर्दा नयाँ जिम्मेवारी दिलाउन सक्छ।

कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Karkat):चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्नुपर्ला। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। परिस्थितिवश वादविवादमा परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। समुदायको हक संरक्षण गर्न सकिनेछ। चिताएको मूल्य प्राप्त नभए पनि फाइदै हुनेछ।

सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। शुभ चिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्नेछन्। धेरै श्रम परे पनि लाभांश थोरै मिल्नेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Kanya):घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। गृहस्थी सुखद रहनेछ।व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। साथीभाइबाट सहयोग जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। शुभचिन्तकहरूको साथले काममा उत्साह जाग्नेछ।

तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Tula):भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजयी भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Brischik):अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनु होला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ।

धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Dhanu):मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। मेहनतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट मनग्य लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यक्तित्व र बोलीको प्रभाव बढ्नेछ। अहिलेको लगानीले पछिलाई फाइदा दिलाउनेछ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। आफन्त बीच आत्मीयतामा कमी आउला। महत्त्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Makar):विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। मनग्य धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द (Kumbha):अर्थ उपार्जनका स्रोतहरू फेला पर्नेछन्। तर अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने लाभ लिने मौका छ। घर खर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ। लामो यात्राको अवसर जुट्न सक्छ। नयाँ योजना कार्यान्वयन गर्न निकै मिहिनेत गर्नुपर्ला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। मौका पर्खंदा पहिलेको स्थितिमा सुधार आउनेछ। बोली–व्यवहारमा सजग रहनुपर्ला।

मीन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Min):रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।छोडिएका आफन्तसँग भेटघाट होला। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। व्यावसायिक काममा खर्च बढ्नेछ। पछिका लागि लगानी गर्ने समय छ। विवादास्पद क्रियाकलापले समस्या निम्त्याउन सक्छ। कुतर्क र कूटनीतिक जालझेलको फन्दामा परिने योग रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुपर्ला।

प्रतिक्रिया दिनुहोस्