काठमाडौं - कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर, अर्जुन पोखरेलको संगीत तथा डा. कृष्णहरि बरालको शब्द रहेको छ। दाजुभाइबीचको आत्मीयता, आपसी विश्वास, एकता र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको गीतको भिडियोमा फिल्मका पाँच मुख्य…