अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भए संगै अवैधरुपमा अमेरिकामा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं ओर्लिएको छ। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज आज बिहान ९:५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो। निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला…