दानमा पाएको जग्गामा पनि भ्रष्टाचार, तत्कालिन वडाध्यक्षसहित तीन जनाविरुद्ध पुनरावलोकनका लागि निवेदन

काठमाडौं– दानमा निशुल्क पाएको जग्गालाई किनेको भन्दै ६ लाख भुक्तानी गरेको आरोपमा विशेष अदालतबाट सफाइ पाएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जिवन सुबेदीले निःशुल्क रूपमा…