आर्थिक मन्दीको विशेष परिस्थिति सिर्जना भईसकेको छ, सरकारले घोषणामात्रै नगरेको होः रवि लामिछाने

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा आर्थिक मन्दीको अवस्था सुरु भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) कैलालीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले देशमा अहिले विशेष परिस्थिति सिर्जना भएको बताएका हुन् । साथै, अहिले जनता सहकारी र लघुवित्तको पासोमा परेको उनको भनाई छ । ‘जनताहरु लघुवित्तको पासोमा परेका छन्…