एनपीएलमा शिखर धवनको अर्धशतक, काठमाडौँ गुर्खाजका सामु १५० रनको लक्ष्य प्रस्तुत

काठमाडौं– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजलाई कर्णाली याक्सले १५० रनको चुनौती पेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो । कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका…