काठमाडौं- अबको एक हप्तामा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । मंसीर १५ बाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको पहिलो संस्करणको खेललाई लिएर क्रिकेट समर्थकहरुमा उत्सुकता बढेको छ । संसारभर चर्चित विदेशी खेलाडीहरूको सहभागिता, करोडौँको लगानीले एनपीएलप्रति नेपाली क्रिकेट समर्थकको चासो बढेको छ । लिगमा सहभागि ८ फ्रेञ्चाइज टिमले आफ्नो प्रचारप्रसारपनि जोडतोडले गरिरहेका छन्…