विश्वकप २०१८: अष्ट्रेलिया पहिलो जितको खोजीमा, डेनमार्क नकआउट चरणकाे दाउमा

विश्वकप अन्तर्गत रुसको समारा एरिनामा समूह बी का अष्ट्रेलिया र डेनमार्क आमने सामने हुँदा अष्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ । त्यस्तै डेनमार्क लगातार दोस्रो जितसँगै नकआउट चरणमा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछ । सुरुवाती खेलमा फ्रान्ससँग पराजय भोगे पनि टोमी जुरिक र अष्ट्रेलिया टिम विश्वकपको नकआउट चरणमा पुग्नेमा विश्वस्त छन् । डच प्रशिक्षक बर्ट मान…