विश्वकप फुटबलको २१औं संस्करण सुरु हुन अब मात्र केही दिन बाँकी छ। विश्वकप फुटबल सुरु हुनै लाग्दा नेपालका फुटबल प्रेमीहरू यतिबेला उपाधि कसले जित्ला भनेर अड्कलबाजी काटिरहेका छन्। फुटबल फ्यानहरूले यसपटक पनि विश्वकप फुटबलको उपाधिमा ब्राजिल, अर्जेन्टिना अथवा केही युरोपेली टोली जर्मनी, स्पेन फ्रान्सले कब्जा जमाउने अड्कल काटिरहेका छन् । सामाजिक सञ्जालमा अहिले युवाहरू आफ्नो मनपर्ने टोली, खेलाडी र जर्सीका फोटोहरू अपलोड गर्नमा व्यस्त छन् । कसले जित्ला त फिफा विश्वकप…