हालै दुबईबाट फर्किएका सिराहाका एक व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएको छ । रुघाखोकी र ज्वरो आएपछि ४० वर्षीया ती व्यक्ति कोरोनाको आशंकामा जचाउन मंगलबार प्रादेश अस्पताल जनकपुरधाम आएका थिए ।तर, प्रादेशिक अस्पतालले उनलाई काठमाडौं पठाएको छ । ती व्यक्तिसँगै आएका एक व्यक्तिले उनी कोरोना संक्रमित रहेको बताएपछि जाँचका लागि काठमाडौंको
लकडाउन’ को पूर्णरुपमा पालना गराउन प्रदेश २ को आठवटै जिल्लामा नेपाली सेनासहित तीन सुरक्षा निकाय परिचालन भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले मंगलबारदेखि एक सताको लागि गरेको ‘लकडाउन’ पालना गराउन प्रदेश २ मा तीन वटै सुरक्षा निकाय परिचालन गरिएको हो
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण विरुद्धको लडाईका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री राउतले पुनः एक अपिल जारी गर्दै महामारीविरुद्ध लड्न संघीय सरकारले जारी गरेको निर्देशनप्रति प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा आएको छ ।प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् ।
कोरोना भाइरस संक्रमणबाट बच्न प्रदेश नम्बर २ को राजधानीसहित अधिकांश बजार क्षेत्र बन्द गर्ने निर्णय भएको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम, मुख्य व्यापारिक केन्द्र वीरगञ्ज, महोत्तरीको बर्दिवास, गौशाला बजार, सप्तरीको राजविराज, जलेश्वर लगायतका बजारहरुमा अति आवश्यक सेवा बाहेक अधिकांश क्षेत्र बन्द गरिएको हो । कोरोना संक्रमण
वीरगन्ज महानगरपालिकाले महानगरमा सोमबारदेखि ९ दिनका लागि अघोषित लकडाउन गरेको छ ।कोरोना संक्रमणको सन्त्रासबाट जोगिन महानगरपालिकाले चैत १८ गतेसम्मका अघोषित लकडाउन गरेको हो । यो अवधिमा आकस्मिक कार्यबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ९ दिनसम्म किराना, दुध , तरकारी , औषधीका पसल, अस्पताल , एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सेवा
खुला सीमाका कारण नेपाललाई पनि कोरोनाको प्रभाव पर्न सक्ने भन्दै प्रदेश २ का सुरक्षा अधिकारीहरुले सीमामा ‘लकडाउन’ जतिकै सर्तकता अपनाएको छ । निर्वाचनका बेला गरिने सीमा सिलकै अवस्थामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ । प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग टाँसिएको छ। भारतीय सीमा क्षेत्रसँग प्रदेश २ को ४
प्रदेश २ सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागतको मृत्यु भएको
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु’र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ ।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा’हसंस्कार
प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नहुने आग्रह गरेसँगै प्रदेश २ सभाको बैठक स्थगित गरिएको हो ।कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको प्रदेश २ संसद् सचिवालयले जनाएको छ । यसअघि बिहीबार बसेको