जातीय विभेद नगर्ने प्रतिबद्धता जनाउने खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका श्यामकुमार राईलाई सम्मान गरिएको छ । राष्ट्रिय छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममार्फत् आगामी दिनमा कुनै पनि जातीय विभेद नगर्ने घोषणा गरेका राईलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ कमिटीले सम्मान गरेको हो । राईलाई दोसल्ला ओढाएर अबिर लगाइदिएर सम्मान गरिएकोे नेपाल राष्ट्रिय दलित समाज…