Logo

प्रदेश

प्रदेश २ मा चुनावमा जस्तै सीमा सिल

खुला सीमाका कारण नेपाललाई पनि कोरोनाको प्रभाव पर्न सक्ने भन्दै प्रदेश २ का सुरक्षा अधिकारीहरुले सीमामा ‘लकडाउन’ जतिकै सर्तकता अपनाएको छ । निर्वाचनका बेला गरिने सीमा सिलकै अवस्थामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ । प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग टाँसिएको छ। भारतीय सीमा क्षेत्रसँग प्रदेश २ को ४

ट्र्याक्टरको ठक्करबाटसात वर्षीय बालकको मृत्यु

प्रदेश २ सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्र्याक्टरको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका सात वर्षीय छोरा स्वागतको मृत्यु भएको

प्रदेश ३ मा कालोबजारी गर्ने दुई पक्राउ

सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको कालोबजारी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । चौतारा साँगाचोकगढी नपा वडा नं ५ पुरानो बजारबाट बा२ख ३८०६ नंको

दुखद खबर : श्रीमान श्रीमतीको एउटै चितामा दा’हसंस्कार गरिएको

  रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु’र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ ।ती दम्पत्तिलाई बागमती नदीको किनारमा एउटै चितामा दा’हसंस्कार

काकडभिट्टा र विराटनगरबाहेक अरु नाका बन्द गर्न सिफारिस

प्रदेश १ सरकारले विराटनगरको रानी र झापाको काकडभिट्टा बाहेक अन्य नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।शुक्रबारको मन्त्रिपरिषद बैठकले विराटनगरको रानी र झापाको काकडभिट्टाबाहेक अन्य नाका बन्द गर्न संघीय सरकारलाई आग्रह गरेको हो । भारतमा फैलदै गरेको कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन सक्ने जोखिम रहेकाले दुई नाकालाई व्यवस्थित

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित !

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै संघीय सरकारले २५ जनाभन्दा बढीको भेला नहुने आग्रह गरेसँगै प्रदेश २ सभाको बैठक स्थगित गरिएको हो ।कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको प्रदेश २ संसद् सचिवालयले जनाएको छ । यसअघि बिहीबार बसेको

जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको

जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।कार्यालयमा कार्यरत प्रत्येक प्रहरी कर्मचारीलाई मास्क वितरण गर्न लागिएको हो । जिल्लामा एक हजार बढी प्रहरी

प्रदेश २ ले पाएन नाम, मधेश प्रदेश पनि अस्वीकृत !

प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा सोमबार भएको मतदान निरर्थक भएको छ । चार वटा नामका लागि मतदान भए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाई मत पुगेन ।सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा ६० मत पर्‍यो । दुई तिहाईका लागि १२

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने प्रस्ताव पनि अस्वीकृत

प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव पनि प्रदेशसभाले अस्वीकृत गरेको छ ।सोमबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्‍यो भने विपक्षमा ७९ मत खसेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद छन्, तर ९ मत बढी परेको छ । यसअघि प्रदेशको नाम जानकी राख्ने नेपाल

प्रदेश २ को नाम ‘जानकी’ राख्ने नेकपाको प्रस्ताव बहुमतले अस्वीकृत !

प्रदेश नम्बर २ को नाम ‘जानकी’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ ।प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशको नाम जानकी राख्ने प्रस्ताव गरेको थियो । तर, नेकपाको प्रस्तावको पक्षमा ३७ मत मात्रै खसेको छ । नेकपाको प्रस्तावको विपक्षमा ७० मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई