बधाई : चर्चित चलचित्र ‘कबड्डी’की मैयाँ बैबाहिक जीवनमा बाँधिईन् !

चलचित्र ‘कबड्डी’ को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् । रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । उनी चलचित्र ‘कबड्डी ४’ मा भने काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’ मा पनि काम गरेकी थिइन्…