काठमाडौं - विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले एक दम्पतीको प्रेम, संघर्ष र सम्बन्धभित्र आउने उतारचढावको कथा प्रस्तुत गरेको छ । फिल्ममा विपिन कार्कीले काजी र केकी अधिकारीले काजिनीको भूमिका निर्वाह गरेका छन् । ट्रेलर अनुसार, उनीहरूको आदर्श प्रेम समयसँगै आउने परिस्थितिजन्य समस्याले प्रभावित…