भरतपुर । प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति बैठक भरतपुर, चितवनमा सुरु भएको छ। बैठकमा पार्टी सभापति रवि लामिछाने भावुक बनेका छन्। उनले पार्टी स्थापना र दर्ताको सुरुआती संघर्षदेखि हालसम्मका विभिन्न उतारचढाव स्मरण गरेका हुन्। लामिछानेले पार्टी दर्ताका लागि आवश्यक नागरिकताको प्रमाण जुटाउनुपर्दा भोग्नुपरेको कठिनाइ, संगठन निर्माणका क्रममा सामना गर्नुपरेका चुनौती…