देउवा भेट्न बुढानिलकण्ठ पुगे रेशम चौधरी

काठमाडौं - रञ्जिता श्रेष्ठलाई पार्टी अध्यक्षबाट हटाएको भोलिपल्टै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका चौधरीले पछिल्लो समय सिर्जित राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताएका छन् । रञ्जितालाई बुधबार बसेको नागरिक उन्मुक्तिको बहुमत केन्द्रीय सदस्यको बैठकले अध्यक्षबाट हटाएको थियो । त्यसको जानकारी निर्वाचन आयोगलाई…