काठमाडौं । छापा मार्न गएको सशस्त्र प्रहरी टोलीमाथि तस्करले आक्रमण गरेका छन् । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरको ट्रान्सपोर्ट एरियामा छापा मार्न गएको सशस्त्र प्रहरीको टोलीमाथि सोमबार बिहान आक्रमण भएको हो । व्यापारीहरुको आक्रमणमा सशस्त्र प्रहरीको दुईवटा गाडीको सिसा फुटेको छ । आक्रमणमा परी तीनजना सशस्त्र प्रहरी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले…