दुर्गा प्रसाई प्रहरी हिरासतमा, घरमा खानतलासी

काठमाडौं । ‘नागरिक बचाऊ दल’ का संयोजक दुर्गा प्रसाई पक्राउ परेका छन् । प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ ।प्रहरीको १७ जनाको टोलीले मंगलबार बिहान साढे १० बजे प्रसाईंको घर पुगेर खानतलासी गरेको थियो । प्रहरीले प्रसाईंको पक्राउपछि भारतसँग जोडिएका नाकासँगै सामाजिक सञ्जालमा साइबर निगरानी बढाएको बुझिएको छ…