सिन्धुलीमा सवारी दुर्घटनामा आठ जना घाइते

काठमाडौँ- सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्। झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म।प्र। ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ की ५२ वर्षीया…