काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले १९ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनरत शिक्षकहरूले आइतबार पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । शिक्षकहरूले शिक्षामन्त्री, सभामुख तथा प्रधानमन्त्रीसँग पटक–पटक छलफल गरे पनि सकारात्मक निष्कर्ष ननिस्किएपछि आन्दोलन जारी राखिएको बताएका छन् । शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने…