काठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरिएको छ। याक एण्ड यति होटलमा भएको उक्त पत्रकार सम्मेलनमा आयोजक संस्था उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना फाइनलिस्टलाई सार्वजनिक गरेकाे हो। यो प्रतियोगिता छैटौं संस्करण हो।…