श्रावणको पहिलो साता सकिँदै गर्दा पनि मनसूनले अपेक्षित वर्षा गराउन सकेको छैन। कम्तीमा आउँदो शनिबारसम्म पनि ठूलो वर्षा गराउने मौसमी प्रणाली देखिएको छैन। मनसूनी बादलहरू छरिएर रहेका छन्, जसले सघन वर्षा गराउन सकेका छैनन्। कतैकतै अल्पकालीन भारी वर्षा भएको भए पनि त्यो झरीजस्तो व्यापक र निरन्तर नभएको अनुभूति भइरहेको छ। मनसून प्रवेश गरेदेखि अहिलेसम्म पूर्वी…