कुलिङ पिरियड’ हटाउने पक्षमा एमाले, हाल्यो संशोधन प्रस्ताव

काठमाडौं - सत्तारुढ एमाले संघीय निजामती विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ हटाउन लागिपरेको छ । कुलिङ पिरियड निस्क्रिय पारिएको घटनाको संसदीय छानबिन भइरहेका बेला एमालेले तयसको विपक्षमा उभिएको हो । प्रतिनिधिसभाबाट पारित हुँदै राष्ट्रिय सभा पुगेको विधेयकमा सत्तारुढ एमालेले कुलिङ पिरियडको प्रावधान नराख्ने गरी प्रस्ताव दर्ता गराएको छ । एमालेका सांसदहरुले शुक्रबार राष्ट्रिय सभामा संशोधन…