काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन विषयको विवाद चुलिएको छ । सभापति शेरबहादुर देउवा पक्षका नेताहरू तत्काल नियमित वा विशेष महाधिवेशन नगर्ने पक्षमा छन् । आफ्नै पार्टीको चुनाव गराउन नसक्ने संस्थापन पक्षका नेताहरूलाई देशको चुनाव भने चाहिएको छ । जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यबाहक…