काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी क्षेत्र परिवर्तन गरेका छन् । यसअघि तीनपटक काठमाडौं ४ बाट निर्वाचन जितेका थापाले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बन्ने भएका छन् । सर्लाही ४ मा उनको एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादवसँग प्रतिस्पर्धा हुनेछ । थापा काठमाडौं, धनकुटा र रोल्पासँगै…