काष्ठमण्डपको नयाँ मूर्ति यथावत् राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काष्ठमण्डपमा राखिएका नयाँ गोरखनाथ र चार गणेशका मूर्ति नहटाउन आदेश दिएको छ। पुराना मूर्ति हटाएर नयाँ राखिएको विषयमा परेको रिट खारेज गर्दै अदालतले धार्मिक आस्था र सम्पदाको मौलिकताबीच सन्तुलन कायम गर्नुपर्ने ठहर गरेको हो। सर्वोच्चले भविष्यमा सम्पदा संरक्षणका लागि सरकारलाई पुराना मूर्ति सुरक्षित राख्न, डिजिटल अभिलेख तथा ३डी डकुमेन्टेसन गर्न र…