काठमाडौं - बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न काठमाडौं लगिएको छ। शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्तासहित काठमाडौं पठाइएको हो। उनीहरूसँग स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीलगायत सात जनाको टोली पनि काठमाडौं गएको छ। गरिमाका आमा–बुवालाई…