अमेरिकाको ७५ देशमाथिको आप्रवासी भिसा रोक्ने निर्णय अदालतद्वारा खारेज

काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने निर्णय गैरकानुनी ठहर गर्दै खारेज गरेको छ । न्युयोर्ककी संघीय न्यायाधीश जेनेट भार्गासले राष्ट्रियता मात्रका आधारमा भिसा रोक्नु अमेरिकी आप्रवासन कानुनविपरीत रहेको फैसला गरेकी हुन् । साथै, विदेशमन्त्री मार्को रुबियोले यस्तो निर्णय गर्ने कानुनी अधिकार नपाएको अदालतले जनाएको छ ।…