काठमाडौं – नेपाल आयल निगमले बुधबारदेखि पुनः १४.२ केजी क्षमताको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। निगमले जारी गरेको सूचनाअनुसार अब मुलुकभर साविककै १४.२ केजी ग्यास भरिएको सिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री गरिनेछ। यसअघि निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी (आधा सिलिन्डर) क्षमताको ग्यास मात्र बिक्री–वितरण गर्दै आएको थियो। निगमका…