आज साँझदेखि देखिने छ मोन्था चक्रवातको असर, २४ देखि ३६ घन्टासम्म भारी वर्षा

काठमाडौं । बुधबार रातिदेखि नेपालका अधिकांश भागमा पानी पर्न सुरु भएको छ । दुई तीन दिनदेखिको पश्चिमी न्यूनचापीय वायु प्रणालीको असरले बिहीबार बिहानदेखि पानी पर्न थालेको हो । मौसवविद् उज्ज्वल उपाध्यायका अनुसार अझै नेपालमा बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको असर देखापरेको छैन । बिहीबार साँझदेखि मात्र मोन्था चक्रवातको असर देखिनेछ । यसको असरले नेपालमा…