काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गर्नुभएको छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन…