विपद् प्रतिकार्यमा नेपालका नगरपालिकामध्ये नम्बर एकमा कायम रहन चाहन्छौँ: चिरीबाबु महर्जन

ललितपुर– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनलाई सम्बोधन गर्न नसके स्मार्ट सिटी हुन नसक्ने बताएका छन् । ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाद्वारा बुधबार आयोजित आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले स्मार्ट सिटी हुनका लागि विपद् व्यवस्थापनका काम चुस्त राख्नुपर्ने बताए । उनले फिलिपिन्सबाट अग्नि नियन्त्रक बोलाएर नगरप्रहरीलाई तालिम दिएको जानकारी गराए । उनले…