काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दैछ । सरकारले गरेका काम कारबाहीबारे जनतामा जानकारी गराउन र नागरिकमा आशा जगाउनका लागि मंसिर ७ गते काठमाडौंमा एमालेले १ लाख भन्दा धेरै कार्यकर्ता उर्तान लागेको हो । एमालेले जागरण सभाका लागि बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको नेतृत्वमा समितिसमेत बनाएको छ ।…