पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतमा नराखी हिरासतबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो। श्रेष्ठलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको दाबी गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि…