गोरखा भूकम्पको १० वर्ष, त्रास अझै उस्तै

काठमाडौं - गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्प १० वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमल ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो । दशौं हजार मानिस घाइते बनेका थिए । हजारौंले घरबार गुमाएका थिए…