निलम्बित मुख्यसचिव अर्याल भ्रष्टाचारको मुद्दामा बयानका लागि विशेष अदालतमा

काठमाडौं– भ्रष्टाचारको मुद्दा लागेर डामिएका निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयानका लागि अदालतमा उपस्थित भएका हुन् । आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने,…