काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार करिब आठ अर्ब रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो । पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), डा.रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यसहितलाई प्रतिवादी बनाएर मुद्दा…