काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति दाबी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गरिने बताएकी छन्। अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुनुअघि विज्ञहरूसँगको छलफलमा उनले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई नेपालको अधिकार र दाबीका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताइन्। नेपालले जलवायु न्यायलाई प्राथमिकतामा राख्दै हिमाली तथा…