दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवाको मृत्यु

काठमाडौँ -दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मजुवाका २४ वर्षीय गोरखलाल खड्काको मृत्यु भएको छ । उनलाई उपचारका लागि भारतको लखनउमा लगिएकोमा बुधबार बेलुकी मृत्यु भएको हो। उनको शव बिहीबार स्वदेश ल्याएर अन्त्येष्टि गरिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोख्रेलका…