संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्तबुझ्दो नभएको बताए। शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुगेका उनले सुधार चित्तबुझ्दो नभएको भन्दै अझै प्रयत्न गर्न अनुरोध गरेका छन् । ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन। आज देखिएको ट्रलीमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन दिएको छु,’ उनले भने,…