जापान पनि अस्त्र प्रदर्शनको होडबाजीमा, लामो दूरीको मिसाइल तैनाथ गर्दै

काठमाडौं । पश्चिम एसिया र युरोपमा युद्ध चर्किरहेका बेला जापानले आफ्नो पहिलो स्वदेशी विकसित लामो दूरीको मिसाइल प्रणाली तैनाथ गर्ने तयारी अघि बढाएको छ । सेनाका लन्चरहरू सोमबार राति जापानको दक्षिणपश्चिमी प्रान्त कुमामोटोस्थित क्याम्प केङ्गुनमा ल्याइएपछि अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल तैनाथ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ । जापानले बढ्दो क्षेत्रीय तनाव र…