उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिइने

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप दश लाख रुपैयाँ दिने घोषणा गरेको छ। नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’मार्फत् तोकिएको मापदण्डका आधारमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए। स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि…