काठमाडौं, २४ असार । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँग डिनर मिटिङ गरेका छन् । सो भेटवार्ताबारे उपप्रधानमन्त्री श्रेष्ठले नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले सो भेटवार्तामा देश र जनताका मुद्दाहरुमा महत्वपूर्ण छलफल भएको उल्लेख गरेका छन् । र, आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने समझदारी बनेको उनको भनाई…